• १३ असार २०८१, बिहिबार

भरुवा बन्दुकसहित खत्री पक्राउ

blog

अविनाश चौधरी

धनगढी, असार ५ गते । कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुकसहित ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर पालको नेतृत्वमा खटेको प्रहरी टोलीले घोडाघोडी नगरपालिका –१२ नकफोडुवानजिक घरबाट लुकाइ–छिपाई राखेको अवस्थाबाट भरुवा बन्दुकसहित खत्रीलाई पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताउनुभयो । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय सुखडमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।