• १३ असार २०८१, बिहिबार

राष्ट्रपति पौडेलद्वारा पूर्वी बर्लिन क्षेत्रको अवलोकन

blog

जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुहुँदै । तस्बिरः राष्ट्रपतिको कार्यालय

वर्लिन (जर्मनी), असार ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ। आज उहाँले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

त्यस क्रममा राजदूतलगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएको थियो । 

सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । राष्ट्रपति पौडेल आज स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस