• ३ माघ २०८१, बिहिबार

चोरको हल्लाले राति गस्ती गर्दै गाउँका युवा

blog

चोरी डकैतीबाट जोगिन राति गस्ती गर्दै धनगढीमाई –४ कुशहाका युवा। तस्बिरः जीवछ

जीवछ यादव

लहान, असार ४  गते। राति चार पाङग्रे गाडी र मोटरसाइकलमा हातहतियारसहित आउने चोर डाकाको हल्लाले लहान नगरपालिका र धनगढीमाई नगरपालिकाका ग्रामीण भेगका स्थानीय युवाले राति गस्ती गर्न थालेका छन्। 

केही दिन अघि लहान-१७ हरिपुरमा चार घरमा राति गाडीमा हतियार बम बारुद सहित आएका डाकाले लुटपाट गरेपछि अहिले लहान नगरपालिका र धनगढी नगरपालिकाका ग्रामीण भेगमा युवाले लाठी लिएर राति समूहमा गस्ती गर्न थालेका हुन्। 

चोरीको हल्ला गरेर उत्पन्न असुरक्षाको विषयमा इलाका प्रहरी कार्यालय लहानले लहान–१७ हरिपुरबाहेक कतै चोरीको घटना नघटेको जयन्ती (बराती) को बसलाई समेत घेरेर अफवाह र भ्रम फैलाई रहेकोले यस्ता हल्ला र अफवाहको पछि नलाग्न प्रेस विज्ञप्ति नै निकालेर भनेको छ।

इलाका प्रहरी लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले हस्ताक्षरित विज्ञप्तिमा लहान क्षेत्रका विभिन्न भेगमा डकैती हुँदैछ अफवाह र अनर्गल प्रचार गर्न केही तत्त्वहरू सक्रिय भएको जनाएको छ। अफवाह र भ्रम सिर्जना गर्नेहरूको खोजी प्रहरीले गरिरहेको छ। 

शान्ति सुरक्षा दिन प्रहरी आफ्नो कार्यमा गस्तीलाई तीव्र रूपमा बढाएकोले यस्तो भ्रममा नपर्न प्रहरीले जनाएको छ। लहान–१७ हरिपुरमा भएको डकैतीको घट्ना संलग्न डाकाको खोजी गर्न शकांस्पद व्यक्तिलाई नियन्त्रणमा लिई छानबिन भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।  

यता धनगढीमाई नगरपालिका–४ कुशहाका युवाले चोरी डकैती गर्न अपरिचित व्यक्ति गाउँमा आउन लागेको सुइँको पाएर गाउँको युवा राति जाग्राम बसेर समूहमा गस्ती गरिरहेको बताइको छ।