• १२ असार २०८१, बुधबार

आपसी मेलमिलाप र एकताको सहकार्यका लागि बकर इद

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र 

महेन्द्रनगर (धनुषा) असार ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आपसी मेलमिलाप र एकताका सहकार्यका लागि इद-उल-अजाहा (बकर इद) रहेको उल्लेख गर्नुभएको छ । 

आज मुख्यमन्त्री सिंहले शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महान् पर्व इद-उल-अजाहा (बकर इद)  को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना सन्देश मार्फत व्यक्त गर्नुभएको छ । 

उक्त सन्देशमा मुख्यमन्त्री सिंहले आपसी रिस, राग द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनका रूपमा यो पर्व मनाउने टिप्पणी गर्नुभएको छ । मुख्यमन्त्री सिंहका अनुसार सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषको विविधता रहेको हाम्रो मुलुकमा यो पर्व धार्मिक एवम् सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउने विश्वास रहेको धारणा राख्नुभएको छ ।