• १२ असार २०८१, बुधबार

उपत्यकामा पेट्रोल अभाव (फोटो फिचर)

blog

नक्सालस्थित पेट्रोल पम्पमा लागेको सर्वसाधारणको भीड । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, असार ३ गते । काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएकाे छ ।

भद्रकाली, नक्सालस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा सर्वसाधारणहरूको भीड लागेको छ । पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो ।