नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफ्नो टोली सीमित नरहने बताउनुभएको छ ।
शनिबार नेपाल प्रजातन्त्र सेनानी संघको प्रतिज्ञा सभा सम्पन्न भएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा प्रतिक्षा सभा सम्पन्न भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला बिहीबार सम्पन्न भएको छ।
रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको शव प्रहरीले फेला परेको हो।
सुनसरीको धरान उपमहानगरपालिका१९ स्थित हरियाली सामुदायिक वन क्षेत्रबाट शनिबार घाँस,दाउरा लिएर घर फर्किदै स्थानीय महिला ।
रुकुमपश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता हुनुभएको हो ।
नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदिप मिजारले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो।
नेपालको महिला टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
प्रधानमन्त्री केपी ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ ।
राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।
प्रा. राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गर्दै उहाँको सम्झना गरिएको छ।
काठमाडौँ महानगरपालिका-११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्षित गरी पुस्तकालय चलाएको छ। जिप्रका कास्की हाताभित्रै छुट्टै भवनमा पुस्तकालय चलाइएको हो।
पर्सामा ५० किलोग्राम लागूऔषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौँ रहेकी छन् ।
बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।