सल्यानको कपुरकोट गाउँपालिका ३ स्थित गाउँपालिकाको केन्द्र समेत रहेको कपुरकोट बजार । राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर सल्यान खण्डमा पर्ने कपुरकोट कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातकोलागि महत्वपूर्ण केन्द्र मानिन्छ ।
भक्तपुरको पर्यटकीयस्थल सिद्धपोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक ।
धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानको पुरातत्व विभागका सिनियर इन्जिनियरको टोलीले थप अध्ययन अनुसन्धान गरेको छ । पुरातत्व विभागका सिनियर इन्जिनियर पूर्वबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोलीले प्राचीन शैलीमा मन्दिर पुनर्निर्माण गर्न अध्ययन अनुसन्धान गरेको हो ।
मधेश प्रदेशमा उद्योग वाणिज्य क्षेत्रको विकास तथा विस्तारका लागि मुख्यमन्त्री सतीशकुमार सिंहले नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभएको छ । प्रदेशका बारा र पर्साका उद्योगी व्यापारीको विशेष प्रतिनिधित्व रहेको महासङ्घको टोलीले प्रदेशको समृद्धिका लागि कृषि तथा उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारेमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।
सप्तकोशी नदीको कटान रोक्न जलाल क्षेत्रमा स्थानीयले जैविक तटबन्ध लगाउन थालेका छन् । सुनसरीको श्रीलङ्का टप्पुमा पर्ने जलाल, सिसौली घाट र चिलैया क्षेत्रमा नदीको कटान तीव्र भएपछि स्थानीयले जैविक तटबन्ध लगाउन थालेका हुन् । रुखका हाँगा, माटो भरेको बोरा र डोरीको प्रयोग गरेर जैविक तबन्ध लगाउन थालेको स्थानीय बद्री राईले बताउनुभयो । कोशीमा पानीको बहाव घटेपछि वराहक्षेत्र नगरपालिका वडा नम्बर–६ र ९ मा पर्ने टप्पुमा एक हप्ताअघिदेखि कटान हुँदै आएको छ ।
कोशी प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन दोस्रो हप्ता बित्दा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार साउन १७ सम्म धान उत्पादन हुने कुल क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो ।
माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ ।
बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो ।
प्राविधिक शिक्षा पढाउन खोलिएका कृषि शिक्षालयमा निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना हुन आएका छैनन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीमार्फत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ । टीकापुर बहुप्राविधिक शिक्षालयमा ४० जनाको कोटा रहेको बाली विज्ञानमा १० जना र ४८ जनाको कोटा भएको कृषि इन्जिनियरिङमा दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । कर्णाली नमुना मावि टीकापुरमा ४० जनाको कोटा रहेकोमा हालसम्म एक जनाले पनि आवेदन नभरेको प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “छ/सात जनाले भर्ना प्रक्रियाबारे सोधेका थिए तर फाराम भर्न आएनन् । अब गे्रडवृद्धिको परीक्षाबाट उत्तीर्ण विद्यार्थीका लागि पर्खेका छौँ ।”
झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन । नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न गएको कान्छो छोरा, बिहे गरेर गएकी छोरी घरमा आइपुगेका छन् । आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ ।
पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
जुम्ला गुठीचौर गाउँपालिका–४, बिगारे गाउँका ५५ वर्षीय लक्ष्मीकान्त देवकोटा सात/आठ वर्षअगाडि घरखर्च जुटाउन भारतको कालापहाड जाने गर्नुहुन्थ्यो । मौसमी रोजगारीका लागि दुई/चार महिना भारत जाने, खेती किसानीको काम गर्ने बेला घर आउने क्रम चलिरहन्थ्यो । लुगाफाटो र घरखर्चको जोहो गर्न कालापहाडमा सहज भने थिएन, निकै दुःख हुने गरेको अनुभव उहाँसँग छ । अचेल भने उहाँको जीवनचर्या नै फेरिएको छ । गुठीचौरमा अहिले उहाँले किसानको परिचय बनाउनुभएको छ । भैँसी पालेर दैनिक २० लिटर दुध डेरीमा पु¥याउनुहुन्छ । भैँसी र पाडा गरी अहिले छ वटा छन् । परिवारसँग बसेर गाईपालन गर्दा मासिक ५० हजार रुपियाँ आउन थालेपछि उहाँको कालापहाड जाने बाटो बन्द भएको छ । उहाँले भन्नुभयो, “कालापहाडको कमाइभन्दा पनि दुःखका कुरा धेरै छन् । त्यतिबेला जति दुःख भए पनि नगई सुख थिएन तर
सिमेन्ट उद्योग खोल्न आइएमई समूहले खानी तथा भूगर्भ विभागसँग चुन ढुङ्गा उत्खनन गर्नका लागि अनुमति माग गरेको छ । उत्खननको अनुमति प्राप्त भएपछि यथाशक्य उद्योग स्थापना गर्ने तयारी थालिएको छ । केबुलकार, वित्तीय संस्था, होटेल तथा सेवा क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले विदेशी लगानी भित्र्याएर भारतसम्म सिमेन्ट निर्यात गर्ने गरेर करिब २५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।