राष्ट्रिय गौरवको आयोजना पुष्पलाल लोकमार्ग (मध्यपहाडी) रुकुमपूर्व खण्डमा सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा जम्मा ५५ किलोमिटर पर्दछ । यसमध्ये ३५ किलोमिटर कालोपत्रे गरिएको छ भने भुमे गाउँपालिका–१, पनचासे–बागलुङसँगको सिमाना पर्ने यिरनेतासम्म १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोट–रुकुमपश्चिमको सिमाना खोपीचार सात किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गर्न बाँकी छ ।
अवरुद्ध हुँदै आएको सिमकोट हिल्सा सडक शनिवार बेलुकाबाट सुचारु भएको छ । उक्त सडक खण्डको हेक्पा खोलामा बाढीले बगाएको काठे पुलको पुनर्निर्माण कार्य भएपछि अवरुद्ध हुँदै आएको यातायात सेवा सुचारु भएको हो ।
नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ । २०४३ सालमा स्थापना भई आँखा उपचारमा सेवा प्रदान गर्दै आएको अस्पतालले गत आव २०८०/८१ मा एक लाख ३३ हजार ३३८ जना नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिनुभयो ।
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गोरखाको बेनी खोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ । गोरखा नगरपालिका–३ र ५ का स्थानीय किसानले लगाएको धान खेत लगातार परेको वर्षाका कारण बाढी आएर रोपोसहित बगाउँदा बगरमा परिणत भएको हो । बेनी खोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिलबहादुर कुमालले भन्नुभयो, “बेनी खोलाको सयाँै रोपनीमा रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिकाभित्रका सयौँ किसान मर्कामा परेका छन् ।
कालिञ्चोक गाउँपालिकाले यहाँको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोक मन्दिर आसपासको कुरी क्षेत्रको जग्गा खोजबिन सुरु गर्न लागेको छ । लामो समयदेखि कसको स्वामित्वको जग्गा हो भन्ने ठेगान नलागेकै बेला तीव्र रूपमा अतिक्रमण भएपछि कुरी क्षेत्रको जग्गा खोजबिन गर्न लागिएको पालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खोजबिन गर्ने क्रममा पालिकाले निर्णय गरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, गुठी संस्थानलगायतलाई आआफ्ना प्रमाण पेस गर्न पत्राचार भइसकेको छ । अहिलेसम्म कतैबाट पनि जानकारी आएको छैन । गुठीको हो भने किन नापी गराइएन । स्थानीय स्वायत्त शासन ऐन अनुसार यस्ता खाले जग्गा खोजबिन गर्ने र रेखदेख तथा संरक्षण गर्नु स्थानीय तहको दायित्व हो । यसको मिहिन तरिकाले खोजबिन गरी यथार्थ पत्ता लगाउनुपर्ने देखिएको छ ।
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल (खम्बा) नहटाउँदा जोखिम बढ्दै गएको छ । विद्युत् विस्तारका क्रममा बर्सौंअघि नेपाल विद्युत् प्राधिकरणले गाडेका काठका पोल यतिखेर कुहिएर, मक्किएर र धमिराले खाएर जीर्ण बनी ढल्ने अवस्थामा पुग्दा जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
साउन महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिका किवाचोकबाट देखिएको हरियाली धान खेत ।
सुनकोशी गाउँपालिका–६, थुम्पाखरको महेन्द्रोदय माध्यमिक विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक साढे दुई वर्षदेखि इजरायलमा रोजगारीका क्रममा उतै रहेपछि अध्यापन प्रभावित भएको छ । उक्त विद्यालयका स्थायी शिक्षक प्रदीप खड्का साढे दुई वर्षअगाडि स्वास्थ्यमा समस्या देखाउँदै बेतलबी बिदा लिई इजरायलमा रोजगारी जानुभएको थियो । उहाँ विद्यालयसँग दुई वर्षको बिदा स्वीकृत गरी इजरायलमा हुनुहुन्छ । उहाँको सट्टामा विद्यालयले लियन शिक्षकबाट अङ्गे्रजी पठनपाठन गराइरहेको छ तर अङ्ग्रेजी विषयमा यस वर्षको एसइईमा सबैभन्दा बढी अनुत्तीर्ण भएका छन् ।
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच राष्ट्रिय सरकार गठन गर्ने सम्बन्धमा सहमति कायम भएर नयाँ सरकार गठन भएपछि मुलुकको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सहमति अनुसार नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली असार ३० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनु भएर प्रतिनिधि सभामा दुई तिहाइभन्दा बढीको विश्वासको मतसमेत प्राप्त गरिसक्नुभएको छ । दुई ठुला दलबिच भएको सातबुँदे सहमति नै मूल रूपमा यो सरकार सञ्चालनको कार्यदिशा भएको अनुभूत हुन्छ । सत्ता समीकरणमा अन्य केही साना दलको समेत समर्थ
नेपाली राजनीतिमा कोर्स करेक्सन भएको छ । राजनीतिक परिवर्तनको नेतृत्वमा अग्रङ्क्तिमा उभिएर नेतृत्व गरिरहेका दलहरूको नयाँ राजनीतिक गठबन्धनपछि भएको सरकार गठनसँगै नागरिकमा नयाँ आशा र अपेक्षाको सञ्चार भएको छ । जनमतबाट स्थापित दलले सत्ताको नेतृत्व लिएपछि आशाको सञ्चार हुनु स्वाभाविक हो । राजनीतिक तहमा पनि नागरिक अपेक्षालाई नेतृत्व प्रदान गर्न भिन्न ढङ्गको जिम्मेवारीबोध भएको छ । बदलिएको राजनीतिक अवस्थासँगै राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिको परिकल्पना गरिएको छ । नागरिकको सुखी जीवन र राष्ट्रको समृद्धिको लक्ष्य हासिल गर्ने अभिलाषा नयाँ राजनीतिक परिवेशमा नयाँ ढङ्गले जुर्मुराएको छ । यो सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी मन्त्रीका दैनन्दिन कार्यप्रगतिका समी
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।
मत्स्येन्द्रनाथ जात्रा सबैभन्दा ठुलो रथजात्रा हो । व्यवस्थित र धेरै गुठी जग्गा भएको जात्रा पनि हो यो । गोपाल राजवंशावलीमा “संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ .....” भनी वर्णन गरेबाट १४ औँ शताब्दी इवि का प्रख्यात राजा श्री जयस्थिति मल्लले शरद् ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ । सहकालका देवताका रूपमा रहेका मत्स्येन्द्रनाथ हिन्दु धर्मावलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् । त्यस्तै बौद्ध धर्मावलम्बीमाझ मत्स्येन्द्रनाथ श्री करुणामय वंगद्यः