यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीलाई एक कार्यक्रविच सम्मानित गरिएको छ ।
पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँचकाे काम सुरु गरिएको छ ।
पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका –७ स्थित खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेको क्षेत्रमा कटान नियन्त्रणका लागि सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सहयोग गर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ ।
कमाउने अभिभावक नै क्यान्सर रोग लागेर थला परेपछि बालबच्चासहित परिवार भोकै बस्न बाध्य भएका छन् । त्यसमाथि गत वर्ष असोजमा गएको भूकम्पले ओत लाग्ने घर भत्काइदिएको छ ।
वर्तमान सरकारको गठन भएपछि जग्गासम्बन्धी एउटा विषय जोडका साथ उठिरहेको छ । त्यो हो हदबन्दीमा परेको जग्गाको भोगचलन र विक्री–वितरण । यो अहिले सरकार र संसदको तातो विषय बनिरहेको छ । यता सुकुम्वासीको समस्या उस्तै छ । बढ्दो शहरीकरण र जग्गाको खण्डिकरण सरकारले रोक्न सकेको छैन । अर्कोतर्फ तराई र पहाडका क्षेत्रमा बाँझो जग्गाको क्षेत्रफल धेरै हुँदै गएको छ । सरकार एकीकृत रुपमा भूमी र व्यवस्थित बसोवासको योजना बनाउन चुकिरहेको छ । अन्तरसरकार समन्वय नहुँदा जनताको काममा प्रत्यक्ष बाधा देखिएको छ । यसै सन्दर्भमा भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
गुल्मी जिल्ला अदालत बार एसोसिएसनमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न गुल्मी जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले देशको शिक्षा क्षेत्रलाई सबल र प्रभावकारी बनाउन एकीकृत शिक्षा ऐन जरुरी भएकोमा जोड दिनुभएको छ । प्रेस चौतारी कास्कीले आइतबार पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्म परिमार्जन र पुनर्संरचना जरुरी रहेको औँल्याउनुभयो ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।