• ११ असोज २०८१, शुक्रबार

एसइईमा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित

blog

एसइईमा उत्कृष्ट थारु विद्यार्थीलाई सम्मानित गर्नुहुँदै पूर्वमन्त्री भगवती चौधरी ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीलाई एक कार्यक्रमबिच सम्मानित गरिएको छ ।

थारु विद्यार्थी सभाले काठमाडौँमा आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिएसहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । 


कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै पूर्वमन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य उज्ज्वल गर्न सकिने बताउनुभयो । पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले विद्यार्थीलाई आग्रह गर्नुभयो ।