बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीको सुझावका आधारमा आफूले काम गर्ने बताउनुभएको छ ।
प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले आइतबार नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। मधेश प्रदेश निवासी शास्त्रीय सङ्गीतका साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको शोकमा प्रदेश सरकारले नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएका हो।
यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरू मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्नु पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ ।
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रगमन र समृद्धिका लागि संविधान संशोधन गराउने बताउनुभएको छ।
न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ ।
नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान्) लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराउने भएका छन् ।
सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ।
बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँच जना घाइते भएका छन् । मलङ्गवा नगरपालिका-१२ स्थित नहरमा आज ज २ त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।
सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गरेको छ ।
परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबिचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै हुनुहुन्छ ।