पाल्पाको बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रको सडक जीर्ण बनेको छ । एक दशकदेखि सडक मर्मतसुधार हुन नसक्दा ओटासिल गरेको सडक कच्चीमा परिणत भएको हो । सडक मर्मतसुधार लामो समयदेखि हुन नसक्दा सालघारी क्षेत्रमा यात्रुले सास्ती बेहोर्न बाध्य बनेका छन् । सडकमा ठुठुला खाल्डा छन् । ती खाल्डालाई माटोले पुर्ने गरिएको छ । माटोले सडक पुर्ने कामले सडक भत्किएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बनेको सो सडकमा यात्रा गर्ने यात्रुको गुनासो छ ।
दाङको बगलाचुली गाउँपालिका–६, ठुलो बचेनी गाउँ भौगोलिक रूपमा विकट क्षेत्र हो । पहाडी क्षेत्र भएकाले सडक, विद्युत्, खानेपानीलगायतका आधारभूत कुराको पनि ठुलो समस्या छ । विशेष गरी खानेपानीको समस्या समाधान गर्ने गरी २०७३/७४ सालमा गाउँमा खानेपानीको योजना परेको थियो । खानेपानी डिभिजन कार्यालय र स्थानीयको लागत सहभागितामा करिब ३९ लाख खर्च गरेर खानेपानी आयोजना हाल निर्माण भएको थियो । गाउँमा नजिकैको खोलामा रहेको कुवाबाट सोलारका माध्यमबाट करिब एक किलोमिटर अग्लो ठाउँमा लगेर खानेपानी वितरण गरिएको थियो । गाउँमा खानेपानी सुविधा भएपछि यहाँका बासिन्दामा खुसी छाएको थियो ।
बाचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामीको परिवार त्यसबाट गुजारा नचलेपछि यही साउनको पहिलो साता भारत गयो । भारत गएको तीन दिनमै श्रीमती गोमा कामीको अचानक मृत्यु भयो । शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गर्नुभयो । किरिया गर्न जन्मथलो वीरेन्द्रनगर आउनुभयो । यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बस्नुभएको छ । चन्द्र, २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उनीहरूले निकै सकस बेहोर्नु परेको छ । बसाइ मात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौ धौ भएको छ ।
भीषण बाढीका कारण सिन्धुपाल्चोकका दर्जन मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो ।
वीरेन्द्रनगर नगरपालिका–९ का ५५ वर्षीय यामराज मल्लको आधा जीवन अरूको खेतबारीमा काम (हलियाको रूपमा) गरेर बित्यो । घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँ १२ वर्षको उमेरदेखि नै आफन्तको घरमा हलियाको रूपमा बस्नुभयो । २०६५ भदौ २१ गते सरकारले हलिया मुक्त घोषणा गरेपछि मल्लले हलिया पेसा छाड्नुभयो । सरकारले जग्गा खरिदका लागि दुई लाख रुपियाँ पनि दिएको थियो । २०७६ सालमा घर निर्माणका लागि दुई लाख ५० हजार उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको रकम पर्याप्त थिएन । हलिया मुक्तिपछि सुख होला भनेको त जीवन गुजारा चलाउनै थप समस्यामा परेको उहाँले बताउनुभयो । उहाँ अहिले आफू जस्तै पछाडि परेका वर्गका मानिसको हकहितमा काम गर्न थाल्नुभएको छ ।
सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको छ । सरकारले २०८१
विभिन्न जडीबुटीका लागि यो जिल्ला उर्वर भूमिका रूपमा परिचित रहेको छ । एक वर्ष अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
ओत लाग्ने घर गत असोजको भूकम्पले चर्किएको छ । भारी बोकेर परिवार पाल्दै आएका घरमुलीको दुवै खुट्टामा क्यान्सर रोग लागेर थला पर्नुभएको छ । उपचार गर्न खर्च छैन । घरमा खाने अन्न नहुँदा बालबच्चा भोकभोकै बस्न बाध्य छन् । सिगास गाउँपालिका–३, घकुराडी बस्ने रघुवीर साउदको जीवनमा यति ठुलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नु पर्छ । परिवारका सदस्य वृद्ध आमाले पाउने चौमासिकको भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्रै खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले बताउनुभयो ।
बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित छन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिकालगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला भएको छ । मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ टिपेर बिक्री गर्न बजारमा लैजान समस्या भएको छ । “बारीमा स्याउ टिप्ने बेला भयो । उता सडक भने अवरुद्ध छ,” स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले गुनासो गर्नुभयो ।
कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् ।
सडक मानव आश्रमका लागि ‘हाम्रो मायाको घर’ निर्माण गर्न बर्दीबासमा सोमबारदेखि २९ गतेसम्म आयोजना हुने शिवपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । यो तयारीसँगै बर्दीबासमा धार्मिक चहलपहल सुरु भएको छ ।
सरकारले मुलुकको शैक्षिक प्रणालीमा समयानुकूल परिवर्तन तथा परिमार्जन गर्दै आएको भए पनि मूल आधार भनेको विसं २०२८ मा लागु गरिएको नयाँ शिक्षा योजना नै हो । १० कक्षासम्मको शिक्षालाई माध्यमिक शिक्षा मानेर यसभन्दा माथि अध्ययन गर्नका लागि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुपर्ने प्रावधानमा समेत समयानुकूल परिवर्तन गरिएको देखिन्छ । यसै गरी कक्षा १२ सम्मको शैक्षिक प्रणालीमा पनि सरकारले क्रमशः सुधार गर्दै आएको छ । संविधानले नै आधारभूत तहसम्मको शिक्षा सबै नागरिकलाई अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक स्थापित गरेको छ । एक दशकयता आधा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भन्नुभयो ।
भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको ‘सिटी हल’ निर्माण चार वर्ष बितिसक्दा ४५ प्रतिशत मात्र काम भएको छ । २७ महिनामा सम्पन्न हुने गरी २०७७ मा सम्झौता भएको निर्माण कार्य
मानिस शारीरिक, मानसिक, सामाजिक साथै आध्यामिक रूपमा स्वस्थ हुनु नै निरोगिता हो । मानसिक स्वास्थ्य मानव जीवनलाई ऊर्जाशील बनाई गतिशील मार्गमा हिँडाउने महत्वपूर्ण पक्ष हो । जीवनलाई मनोवैज्ञानिक संवेगात्मक तथा सामाजिक रूपमा तन्दुरुस्त राख्नु पनि हो । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक रूपमा आइपर्ने तनाव व्यवस्थापन गर्न कठिनाइ भई दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्थालाई उल्लेख गर्छ ।