आन्तरिक राजश्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा रु ४६ करोड पाँच हजार राजस्व सङ्कलन गरेको छ ।
फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानकाअनुसार पेरिस २०२४ ओलम्पिकले तेस्रो त्रैमासिकमा फ्रान्सको जिडिपीलाई ०.३ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैँचा । केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउ खेती गरेर कृषकहरुले बगैँचामा परिणत गरेका छन् ।
सीमान्तकृत अल्पसङ्ख्यक दरै र दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ ।
तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
“सर, तपाईं हाम्रो किताबको लेखक हो ?” एउटा बालकले मेरो हात समाएर सोधे । “किन सोध्नुभयो बाबु ? हो म लेखक त हुँ तर तपाईं कुन कक्षामा पढ्नु हुन्छ ?” उनले मेरो उत्तर दिएनन्, केबल आँखा झिमझिम पारिरहे । मैले नियालेर हेरेँ, उनी दृष्टिविहीन रहेछन् । मैले फेरि सोधेँ, “किन बाबु, के सोध्न मन छ, भन्नुहोस् न । म लेखक नै हुँ । मलाई जे सोधे पनि हुन्छ । म तपाईं जस्तै बालबालिकाका लागि लेख्ने लेखक हुँ ।” “मेरो साथीले भन्थ्यो लेखकहरूले मात्र हाम्रा कुरा बुझ्छन् । अरू कसैले हाम्रा कुरा बुझ्दैनन्” उनले आफ्नै लबजमा कुरा सुनाए । उनले एक वाक्य मात्र बोले तर उनको यस कुराले मलाई केही भावुक बनायो । म उनका छेउमा बसेँ । मसँग झोलामा केही दाना लिची थिएँ । उनलाई पनि दिएँ । मैले पनि खाएँ । हामी कुरा गर्न थाल्यौँ ।
जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो ।
जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् ।
प्यारा भाइबहिनीहरू, तपाईंहरू आवश्यक परेको सामान किन्न पसल जाने गर्नुभएको छ होला, हैन त ? पक्कै पनि सामान किनेपछि तपाईंहरूले पसलेलाई पैसा दिनुहुन्छ । पसलेले सामानको मूल्य कटाएर बाँकी पैसा फिर्ता दिनु हुन्छ । तपाईंले फिर्ता आएको पैसा गन्ने गर्नुभएको छ कि छैन ? छ नि है ? यस्ता हिसाब गर्न तपाईंले कसरी सिक्नुभयो ? यी सबै कुरामा गणित प्रयोग भएका छन्, हैन त ? हो, गणित विषय हाम्रो जीवनमा सधैँ प्रयोग हुन्छ । यो व्यावहारिक विषय हो । गणितबिना हाम्रो दैनिकी चल्न पनि मुस्किल हुन्छ । त्यसैले गणित विषयलाई विद्यालय तहदेखि नै राखिएको छ । तपाईंलाई गणित विषय कस्तो लाग्छ ? तपाईं