नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोक्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा १० सदस्यीय प्रदेश सरकार गठन भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले १० सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको अविश्राम र अथक सङ्घर्षका कष्टकर क्षण व्यतीत गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र सङ्घर्षको राज्यले उचित कदर र सम्मान गन्नुपर्ने बताउनुभएको छ ।
उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०-०८१ मा ३ सय ७९ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउनदेखि २०८१ असारसम्ममा ४ सय ५२ थान मुद्दामध्ये ३ सय ७९ थान फर्छ्यौट गरेको जनाएको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ ।
नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैङ्क र सरकारबिच ११ अर्ब रुपियाँ बराबरको वित्तीय सम्झौता भएको छ ।
भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)मा अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब जडान गरिएको छ । जडान गरिएको ल्याबको कलेजका प्राचार्य डा.लक्ष्मी पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सदन मुखी,अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाही, कार्यकारी निर्देशक अजय पिएस लगायतले उद्घाटन गर्नुभयो ।
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् ।
एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो ।
बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ ।