सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ।
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि-१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स १४३१ अनुगमन सुरु गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ ।
सरकारले लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको हो ।
सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् ।
झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा न्याय मेलमिलाप समितिमा सूचीकृत सदस्यहरूका लागि एक दिने कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी प्रदान गरिएको छ ।
पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्नुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुग्नुभएको छ । राष्ट्रपति मुर्मू उहाँका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुग्नुभएको हो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पुर्याउने बताउनुभएको छ ।