केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२.२ प्रतिशत थियो भने दक्षिण एसियाली देश माल्दिभ्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो । यसै गरी सेसेल्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो, जसलाई न्यून मान्न सकिँदैन । सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ उत्पा
सन् २०२४ को मनसुन प्रारम्भ भएपश्चात् जुलाई १७ सम्ममा ज्यान नै लिने खालका ३८ वटा घातक पहिरो गएका र १३५ जनाको मृत्यु भयो । कतिपय पूर्वाधार र कृषि तथा पशुजन्य उत्पादनमा क्षति पुगेको छ । यो वर्षको मनसुन अक्टोबरको सुरुवातसम्म रहने भनिएको हुँदा अझ पनि पहिरो जाने र त्यसबाट प्रभावित हुने सम्भावना बाँकी नै छ । जोखिमयुक्त स्थानमा भारी वर्षा हुनासाथ मानिसहरू आफू बसोबास गरेको स्थानबाट सुरक्षित र फराकिलो स्थानमा शरण लिन जानुपर्ने बाध्यता छ ।
असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।
वैदेशिक लगानी नाफाको उद्देश्य राखेर एक देशबाट अर्को देशमा हुने पुँजीको आप्रवाह हो, जहाँ यस्ता लगानीलाई आफ्नो देशभित्रको घरेलु पुँजीसरह स्वामित्व, विकास र मुनाफा विस्तारको अनुमति रहन्छ । एक देशको व्यक्ति, समूह, संस्था, कम्पनी, गैरआवासीय नागरिक वा सरकारले मुनाफाको उद्देश्यबाट अर्को देशमा गएर गरिने लगानी र सेयरका आधारमा हक सुनिश्चित हुने लगानीलाई वैदेशिक लगानी भनिन्छ । सन् १९९० को दशकमा विश्वव्यापी आर्थिक उदारीकरणको नीति अ
बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने छ ।
काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।
विधायनसम्बन्धी विधेयकमा गैरसरकारी विधेयक र प्रक्रिया समेट्न मागसहित प्रतिनिधि सभामा संशोधन दर्ता भएका छन् । सरकारले प्रस्ताव गरेको मूल र राष्ट्रिय सभाबाट पारित विधेयकमा पनि गैरसरकारी विधेयक नसमेटिएको भन्दै सांसदहरूले संशोधन दर्ता गरेका हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरूले गैरसरकारी विधेयकको प्रवेश र कार्यविधि स्पष्टताका लागि संशोधन दर्ता गरेका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा वाणिज्य बैङ्कहरूले करिब आधा मात्रै नाफा वितरण गर्न सक्ने देखिएको छ । सबै २० वाणिज्य बैङ्कले नाफा आर्जन गरेका भए पनि चार बैङ्कले सेयरधनीलाई नाफाबापतको लाभांश बाँड्न नसक्ने भएका छन् ।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ । छलफलमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाका अनुसार हवाई सुरक्षाको अवस्था र क्यानलाई सेवाप्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने विषयमा छलफल भएको छ ।
सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारको सडक क्षेत्र ।
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।
गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन्। सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका- १४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लागेको आगोले एक हल गोरु र गाई मरेका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताउनुभएको छ।