बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल । काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ ।
सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उहाँले भन्नुभयो ।
इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा दरबन्दी करिब एक सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेको छ । विशेषज्ञसहित अस्पतालमा ८७
काठमाडौँमा धेरै वटा सङ्ग्रहालय छन् । तीमध्ये नारायणहिटी दरबार सङ्ग्रहालय पनि चर्चित छ । त्यहाँ दैनिक सयौँ मानिस अवलोकनका लागि पुग्ने गरेका छन् । हाम्रो विद्यालयले कक्षा ५ का विद्यार्थीलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा लैजाने निर्णय ग¥यो । विद्यालयको निर्णयबाट हामी खुसी भयौँ । शैक्षिक भ्रमणका लागि भनेर गत २०८० साल मङ्सिर २८ गते नारायणहिटी दरबार सङ्ग्रहालयमा हामीलाई लगिएको थियो । शैक्षिक भ्रमणमा लैजाने दिन हामी सबै जना विद्यालयमा जम्मा भएका थियौँ । हाम्रो टोलीमा ३३ जना थियौँ ।
चरा सर्वेक्षणको क्रममा गुल्मीमा नयाँ प्रजातिका चराहरू भेटिएका छन् । यस जिल्लामा पर्ने रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा सात प्रजातिका नयाँ चराहरू भेटिएको यहाँ चरा सर्वेक्षण गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।
आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।
नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित रत्न राजमार्गले घेरेको सुन्दर हर्रे गाउँ र आसपासको क्षेत्र । यो ठाउँ तरकारी उत्पादनको लागि पकेट क्षेत्रको रुपमा चिनिन्छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो ।
वडाभित्र तय गरिने योजना होस् या छुट्याइने बजेट होस् त्यसमा दलित जनप्रतिनिधिले विभेद भोग्नु परेको बताउनुभएको छ । योजना बनाउने बेला एक लाख रुपियाँको बनाइए पनि दलित लक्षित कार्यक्रमका लागि बजेट केवल एक हजार रुपियाँ विनियोजन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकाका दलित महिला जनप्रतिनिधिको गुनासो रहेको छ ।
हुम्ला जिल्लाबाट प्रदेश सभा सदस्य बनेकी विजया बुढा प्रदेश सरकारको मन्त्री बन्नुभएको छ । जिल्लास्तरमा सामाजिक परिचालकदेखि सामाजिक काममा प्रवेश गरेकी बुढा अन्ततः प्रदेश सरकारको मन्त्री बन्न सफल हुनुभएको हो । बुढा कर्णाली प्रदेश सरकारमा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बन्नुभएको छ ।
दैलेखको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका छन् । निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा (एमाले) का विनोदकुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री हुनुभएको छ ।
कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।