काठमाडौँ/तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदै छ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् ।
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज धेरै अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
गुल्मीमा चियाखेतीको परीक्षणका लागि दश हजार जति बिरुवा लगाइने भएको छ ।
नेपाली महिला भलिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा पुग्न मङ्गलबार (आज) साँझ इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ ।
बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ ।
मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गर्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।