चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७२ जना किसान सम्मानित भएका छन् । नगरपालिकाले उहाँहरूलाई सम्मानपत्रले मङ्गलबार सम्मान गरेको हो ।
संविधान सभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधनले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई अपूरणीय क्षति भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगन्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।
राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।
भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपाय अवलम्बन गर्ने बताउनुभएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।
चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले भन्नुभयो, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ ।
नेपाल बुद्धिचाल महासङ्घले आगामी सेप्टेम्बर ९ देखि २३ तारिखसम्म हंगेरीमा आयोजना हुने ४५औँ चेस ओलम्पियाडमा सहभागिता जनाउने नेपाली खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षण गराउने भएको छ ।