• २२ साउन २०८१, मङ्गलबार

‘उद्योगपति अग्रवालको निधनले जसपा नेपाललाई अपूरणीय क्षति’

blog

स्वर्गीय संविधानसभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवाल ।

काठमाडौँ, साउन २२ गते । संविधान सभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधनले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई अपूरणीय क्षति भएको जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रवालको निधनले स्तब्ध भएको बताउनुहुँदै देश, समाज तथा जसपा नेपाललाई अपूरणीय क्षति भएको बताउनुभयो ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राती सानेपास्थित आफ्नै निवासमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिएको छ ।