सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका-२ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरू प्रति शोक व्यक्त गर्नुभएको छ ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा मङ्गलबार गरेको दुई वटा छुट्टैछुट्टै आक्रमणमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार सहयोग गर्नुभएको छ ।
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौको नजरबन्दबाट रिहा गरिएको छ ।
जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक कक्षमा आएका बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।