• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशको घटना नजिकबाट नियाल्दै राष्ट्रसङ्घका महासचिव, ज्यान गुमाउने प्रति शोक प्रकट

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । फाइल तस्बिर

न्यूयोर्क, साउन २२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरू प्रति शोक व्यक्त गर्नुभएको छ ।  

महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै बङ्गलादेशका जनताको पक्षमा रही उनीहरूको मानव अधिकारको संरक्षणका लागि आह्वान गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत बङ्गलादेशमा भएका हिंसाजन्य क्रियाकलापको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनुभएको छ । रासस/एएनआई