को केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक पाँच हजार किलो भर्र्मी कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनुभयो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढे/पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोख्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
पाँचथरको हिलिहाङ ७ का किसानले लगाएको सिउडी फल पाकेर त्यहाँका बगैचा राताम्य भएका छन् । यो फल ड्रागन फ्रुट नामले चिनिन्छ ।
मेरी सानी बाहिनी सबैभन्दा ज्ञानी । मेरोभन्दा राम्रो उसको आनीबानी ।। मुसुमुसु हाँस्छे । गीत गाउँदै नाच्छे ।।
बाह्रबिसे नगरपालिका–७ खनियावासकी ७१ वर्षीया वृद्धा रत्नकुमारी थापाको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय चौताराले सार्वजनिक गरेको छ ।
साना साना हातले कलम समाउने, पढ्न लेख्न पाउँदा मन रमाउने । स्कुलमा साथीभाइ खेली हाँसेको,
नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुग्नुभएकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो ।
बाँसुरीको धुनले सबलाई आनन्द दिलाउँछ । चकचक गरी गोकुलमा खुसियाली ल्याउँछ ।। राति हुँदा जन्मेकोले कृष्ण हुन्छ काले । उसको कथा सुनाउँदै भन्नुहुन्छ बाले ।।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परिक्षाका लागि गुल्मीबाट दुई हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । आज बुधबारदेखि साउन ३१ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षामा यस जिल्लाका १३८ विद्यालयबाट दुई हजार ६६३ परीक्षार्थी सहभागी भएका छन् ।
कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् ।
बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ । सोसियल अवेयरनेस फर एजुकेसनल (सेफ) नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय
भवन तथा बस्नका लागि पर्याप्त जग्गा नहुँदा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदी र थुनुवा बस्न बाध्य भएका छन् । भवन र जग्गा अभावमा ८५ जना क्षमताको कारागारमा अहिले ३१२ जना कैदी र थुनुवा बस्दै आएका छन् ।
इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान ७ः३५ बजे इच्छाकामना गाउपालिका–४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।