प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताउनुभएको छ ।
बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।
जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो ।
जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको सङ्ख्या दुई पुगेको छ ।
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । बुधबार बिहानैबाट अवरुद्ध राजमार्ग अहिले केहीबेर अघि खुलेको हो ।
केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताउनुभयो ।
बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता माेहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।
पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन् ।
वराह भगवानको जन्म जयन्ती मनाइएको छ । वराहक्षेत्र १ स्थित कोकाह कौशीकीको सङ्गममा अघिल्लो दिन साँझ महाआरती गरी आज वराह जयन्तीको मङ्गल यात्रा र उत्सव गर्दै भगवान् वराहको जन्म उत्सव मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ ।
इण्डोनेसियाको वार्षिक आर्थिक वृद्धि दोस्रो त्रैमासमा ५.०५ प्रतिशतले घटेको छ । इण्डोनेसियाले यस वर्षको दोस्रो त्रैमासिकमा ५.०५ प्रतिशतको वार्षिक आर्थिक वृद्धिदर रेकर्ड गरेको तथ्याङ्क इण्डोनेसियाले घोषणा गरेको छ ।
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लिलाधर अधिकारी घाइते हुनुभएको हो ।
वराहक्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षाको लागि झण्डै २४ सय परीक्षार्थी सहभागी भएका छन् ।