सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुनर्स्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताउनुभएको छ ।
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एअरको नाइन एन एएनयु हेलिकप्टर बुधबार रातभर बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिने भएको छ।
सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय सङ्गीतकार एवम् गायक गुरुदेव कामतको निधनबाट नेपाली गीत सङ्गीतको क्षेत्रले एक कुशल सङ्गीत साधक र शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएको बताउनुभएको छ।
सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् ।
नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ ।
सिङ्गापुरले बुधबार लागूऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरुलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाल भारतबिच काठमाडौँमा भइरहेको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल टेलिभिजनमा हेरिरहनु भएको छ ।
मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव-वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ ।
कुशल प्रशासक एवम् व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान-२०७९’ कूटनीतिज्ञ डा.भेषबहादुर थापालाई प्रदान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरूबिच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको बताउनुभएको छ ।