• २४ साउन २०८१, बिहिबार

हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन २३ गते । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने

उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो

आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। आयोगलाई ३० दिनको समय दिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित पाँच जनाको मृत्यु भएको थियो । अन्य चार जना चिनियाँ नागरिक थिए ।  हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।