• २४ साउन २०८१, बिहिबार

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने

blog

दुर्घटनाग्रस्त एयर डाइनेस्टीको (९ एन एजेडी) हेलिकप्टर ।

काठमाडौँ, साउन २३ गते । नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।  

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

मृतहरूको शव सङ्कलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ ।