• २४ साउन २०८१, बिहिबार

दुर्घटनास्थलमा आधा जलेको अवस्थामा पाइलटको लाइसेन्स भेटियो

blog

दुर्घटनास्थलमा भेटिएको पाइलट अरुण मल्लको लाइसेन्स । तस्बिरः कविन अधिकारी

नुवाकोट, साउन २३ गते । दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट अरुण मल्लको लाइसेन्स आधा जलेको अवस्थामा भेटिएको छ । दुर्घटनापछि जलेको हेलिकप्टरमा सवार पाँच जनाको निधन भए पनि केही कागजपत्र भने सुरक्षित भेटिएका छन् ।

२०२३ साल असार १८ गते जन्मनुभएका पाइलट मल्ल ललितपुर महानगरपालिका–३ पुलचोक बस्दै आउनुभएको थियो ।  

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा दुर्घटना भएको हो ।  नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९ एन–एजेडी दुर्घटनाभएको हो । 

यो पनि पढ्नुहोस

उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो

दुर्घटनामा एक नेपाली (पाइलट) र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । हेलिकप्टरमा फाङ जु ताओ, ऊ यीयाओ, ली चिए, सिए चमि सवार हुनुहुन्थ्यो ।  दुर्घटनास्थलमा पुगेर गोरखापत्र अनलाइनका लागि कविन अधिकारीले कैद गर्नुभएका तस्बिरः