• २४ साउन २०८१, बिहिबार

उडेको तीन मिनेटमा दुर्घटना भएको थियो हेलिकप्टर

blog

दुर्घटनाग्रस्त हेलिकप्टर । तस्बिर सौजन्य डिएसपी तिलक भारती

काठमाडौँ, साउन २३ गते । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९एन–एजेडी हेलिकप्टर उडेको तीन मिनेटमै विमानस्थलको सम्पर्कबाट बाहिर पुगेको थियो । 

रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक नेपाली र चार चिनियाँ नागरिकको मृत्यु भएको छ । सूर्यचौरको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

 

यो पनि पढ्नुहोस

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो