सल्यान जिल्लामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कर्णाली प्रदेश पूर्वाधार विकास कार्यालय सल्यानले १७.२ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१.५ किलोमिटर सडक कालोपत्रे गरेको जनाएका छन् । पूर्वाधार कार्यालय सल्यान अन्तर्गत बहुवर्र्षीय योजना लुहाम–काभ्रा पाँच किमी, खलङ्गा–बालुवासङ्ग्रही २.५ किमी, थारमारे–बडागाउँ सडक ७.५ किमी, सोलाबाङ–रिम सडक एक किमी कालोपत्रे गरिएको छ । यस्तै सङ्घीय सरकार अन्तर्गतका दाङ सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार राप्ती राजमार्ग पुनस्र्थापना मर्मत नौ किमी, दमाचौर–गुराँसे ४४० मिटर, शङ्खमूल–छत्रेश्वरी मन्दिर १.१ किमी, थारमारे–रातपहरा सडक १.१५ किमी, थारमारे बजार–क्याम्पस सडक २१० मिटर कालोपत्रे गरिएको छ ।
केही समय पहिला वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकमा छाडिने छाडा पशुचौपायाका कारण मानवीय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरुले जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो तर वीरेन्द्रनगर नगरपालिका–११, भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाया राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ ।
उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
हतारमा शिलान्यास गरिएका १५ शय्याका अस्पताल निर्माणमा विलम्ब गरिएको छ । २०७७ साल मङ्सिर १५ गते तामझामका साथ शिलान्यास गरेका अस्पतालको अवस्था कतै शिलान्यासमै सीमित छन् भने कतै निर्माणमै अन्योलको स्थिति देखा परेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बाँसखोलिका हेमलाल गिरीले व्यावसायिक रुपमा घरमा पाल्नु भएको कुखुरालाई आहारा दिँदै । उहाँले लुइचे, फाइटर र लोकल जातका करिब २०० कुखुरा पाल्नु भएको छ ।
तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।
सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
पुतलीबजार नगरपालिका स्याङ्जा सदरमुकाम अवस्थित पालिका हो । २०५३ सालमा साबिकका पुतलीबजार, करेन्डाँडा, सातुपसल, गणेशपुर र चण्डीकालिका गरी पाँच गाविस मिलेर यो पालिका बनेको थियो । २०७३ सालमा पुतलीबजारमा टक्सार, पौवेगौँडे, ठुलाडिही, बहाकोट, कोल्मा, राङभाङ र पेल्काचौर गाविस गाभिन पुगे । १४ वडा रहेका पालिकाको पूर्वमा कास्की र तनहुँ, पश्चिममा आँधीखोला र अर्जुनचौपारी गाउँपालिका तथा भिरकोट नगरपालिका, उत्तरमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिणमा बिरुवा गाउँपालिका र भिरकोट नगरपालिका पर्दछन् । १४७.१९ वर्गकिमी क्षेत्रफल रहेको पालिकाको सदरमुकाम पुतलीबजारबाट पोखरा एक घण्टामा पुगिन्छ । सिद्धार्थ राजमार्गको २७ किमी दुरी यही पालिकाभित्र पर्दछ । २०७९ सालको स्थानीय तहको चुनावमा यो नगरपालिकाको प्रमुखमा निर्वाचित तुलसीराम रेग्मीसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुलुकको आर्थिक समृद्धिको मूल आधार भनेकै सुशासन हो । सुशासन कायम नहुँदासम्म विकास र समृद्धि यात्राले गति लिन नसक्ने भएकाले सरकारले यसतर्फ विशेष ध्यान केन्द्रित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने वचनबद्धता पटक पटक दोहो¥याउँदै आउनुभएको छ । त्यसो त सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो र अघिल्लो सरकारले पनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै चालेका
मानवीय गतिविधिमा सबैभन्दा महत्वपूर्ण राजनीति हो । राजनीतिबाट नै समाज, नागरिक र मानव जातिका लागि सर्वश्रेष्ठ या महानतम कार्य प्रदर्शन गर्न सकिन्छ तर राजनीतिमा नैतिकता भएन भने समग्र मानव जातिकै नोक्सान हुन सक्छ । राजनीतिमा नेताको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक प्रणाली जस्तोसुकै होस्, भौगोलिक क्षेत्रफल, जनसङ्ख्या या अन्य सूचकाङ्कहरू घटी बढी जे होस्, जस्तोसुकै परिस्थितिमा पनि नेता हरेक देशमा हुन्छन् तर सबै नेता एकै प्रकारका हुँदैनन् । खराब मात्र होइनन्, असल नेताको चारित्रिक विशेषता पनि फरक फरक हुने गर्छ र त्यही फरकपनले नै उनीहरूलाई एक विशिष्ट नेताको रूपमा संसारले चिन्ने गर्छ ।
सडकले सहज यात्रासँगै मानवीय जीवनशैलीमा सहजता ल्याएको छ । गाउँ गाउँमा निर्माण भएका सडक ग्रामीण भेगको आर्थिक विकासका सहयोगी भइरहेका छन् । सडकको कारण नागरिकको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आउन सम्भव भएको छ । २०२१ सालमा सिद्धार्थ राजमार्गको निर्माण सुरु भएको थियो । त्यसको चार वर्षपछि यो राजमार्ग सञ्चालनमा आयो । मान्छेले हातले नै खनेको यो सडक अहिले पनि सहज छैन । सिद्धार्थ राजमार्ग जस्तो अन्य मुख्य राजमार्गमा नियमित सवारीसाधन सञ्चालन भएको वर्षौंसम्म पनि ग्रामीण क्षेत्रका नागरिक सडक सञ्जालको पहुँचबाट टाढा रहे । उनीहरू मोटर चढ्न मुख्य