वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ ।
थाइल्याण्डको संवैधानिक अदालतले मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानिविरुद्धको कानुन संशोधन गर्ने प्रयासलाई संविधानको उल्लङ्घन गरेको ठहर गरेको छ ।
यस नगरपालिकाले गत आर्थिक वर्ष २०८० र ०८१ मा तीन हजार ७९७ जनालाई तेह्र करोड ९९ लाख २३ हजार ५९५ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
प्रहरीले लागु औषध नियन्त्रणका लागि सुरक्षा परिचालनसँगै जनचेतनामूलक कार्यक्रममा केन्द्रित गरे पनि लागु औषध प्रहरीका लागि सधै टाउको दुखाइको विषय बन्दैआएको छ ।
मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।
सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।
सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काँस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबिच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ ।
थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्नु भएको हो ।
सप्तरीको तिरहुत गाउँपालिका –२ मैनाकडेरीमा एक जना युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।