नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउर नजिकै जङ्गल क्षेत्रमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ । बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताउनुभएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अछाम ७४ औँ नम्बरमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ मा कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा ८० दशमलव १८७५ नम्बर प्राप्त गरेको छ । ७७ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय अछाम अन्तिमबाट चौथो स्थान र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये अन्तिम स्थानमा रहेको छ । अछाम जिल्ला प्रशासन पछाडि ७५ औँ स्थानमा जिल्ला प्रशासन कार्यालय दैलेख, ७६ आै मा उदयपुर र ७७ औँ स्थानमा धनुषा जिल्ला प्रशासन कार्यालय रहेको छ ।
प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सगुनलाल चौधरीले गएको मङ्सिर महिनामा ५१ क्विन्टल धान बिक्री गर्नुभयो । सगुनलालसँग धान खरिद गर्नुभएका घोराही उपमहानगरपालिका–४ निवासी व्यवसायी लाले सुनारले माघ महिनामा पैसा दिने सहमति थियो । त्यही सहमति अनुसार गाउँमा तीन हजार रुपियाँ क्विन्टल धान बिक्री भइरहेका बेला सुगनलालले तीन हजार एक सय रुपियाँका दरले एक लाख ६१ हजार ८४० रुपियाँको धान बिक्री गर्नुभएको थियो । सहमति अनुसार माघमा पैसा दिने भनिए पनि चौधरीले अझै पैसा पाउनुभएको छैन । पैसा माग्दा सुरुमा भोलि भोलि भन्दै टारेका व्यवसायी सुनारले पछिल्लो समय फोन नै उठाउन छोडेको किसान चौधरी बताउनुहुन्छ ।
अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा अस्पताल सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शीतोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरका किसान पुलकित यादवलाई यस वर्ष सिँचाइ मोटर चलाउँदा खपत हुने विद्युत् महसुल तिर्नु परेन । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ ।
मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।
नगरपालिका उपप्रमुखको कार्यकक्ष आसपास एउटा कोठामा न्यायिक समितिको इजलास निर्माण गरिएको हुन्छ । इजलासमा न्यायिक समितिका संयोजकलगायत सदस्य बस्ने गर्छन् । इजलासतिर फर्केर विवादका पक्षविपक्षले पालो पालो गरेर आफ्ना भनाइ राख्ने गर्छन् । समितिका सदस्यले पनि बिच बिचमा पक्षविपक्षलाई प्रश्न सोधिरहने गर्छन् । दुवै पक्षका कुरा सुनिसकेपछि समितिका पदाधिकारीले चित्त बुझ्ने गरेर कानुनसम्मत राय सुझाव दिनुहुन्छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीले भिडियो एक्सरे गर्न महिना दिनसम्म कुर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीले भिडियो एक्सरे गर्नु परे १५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले मनसुनजन्य विपत् प्रभावित प्रदेशवासीलाई तत्काल क्षतिपूर्ति र राहत दिन माग गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनीहरूले प्रभावितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । गत असारमा आएको भीषण बाढीले गरेको क्षतिबारे छलफल गर्न प्रदेश सभा सदस्यहरूलाई शून्य समय उपलब्ध गराइएको थियो । छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य खेमादेवी विष्टले बाढीमा ज्यान गुमाएका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।
जिल्लाका अधिकांश भेगमा जथाभाबी औषधी प्रयोग गरी महिला तथा किशोरीमा असुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढेको छ । चिकित्सकको सल्लाहबिना औषधी तथा औजार प्रयोग गरी असुरक्षित गर्भपतन गराउने कारणले महिलाको ज्यान जानेसम्मको जोखिममा पर्दा धेरै महिला अन्तिम अवस्थामा अस्पताल आउने प्रवृत्ति बढेको हो ।