मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको लाइन काटेको छ । आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्नुको साथै १०८ जनामा ग्राहकलाई कालोसूचीमा राखेको छ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताउनुभएको छ ।
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड गत जेठ ११ गते नवलपुरको थुम्सी जङ्गलमा फसेको एउटा ट्रकका कारण २२ घण्टासम्म अवरुद्ध भयो।
जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ ।
नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुबानको जोखिमयुक्त क्षेत्र हो ।
सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ ।
नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुका दुई पालिकाले स्थानीय बिदा दिने भएकाे छ ।
आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ ।
इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।