करेन्ट लागेर ढलेको एकजना प्रहरी जवानको ज्यान पत्रकारले बचाएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षीय रुजन श्रेष्ठ पक्राउ परेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् ।
भारतले बङ्गलादेशका जनताको हित नयाँ दिल्लीका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएको छ ।
डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लास्टिक फ्रि जोन’ अभियानको सुरुआत गर्नुभएको छ ।