जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । विद्यार्थीहरूले विद्यालयमा सिकेको ज्ञान र सीपलाई घरमा समेत प्रयोग गर्न थालेका छन् ।
उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।
राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा बेदकोट नगरपालिका(३ स्थित जयशङ्कर सामुदायिक वनमा बिहीबार सामुदायिक वनका उपभोक्ताका सदस्यले वृक्षरोपण गर्दै । सामुदायिक वनको अतिक्रमण खालि गरिएको २ दशमलव ११ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका तीन हजार विरुवा रोपिएको छ ।
काठमाडौँ, साउन २५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो । बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ । रासस
मुस्ताङको घरपझोङ गाउँपालिकाको कार्यालय परिसरमा निर्माणाधीन स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङ गाउँपालिकाले स्याउ खेतीको प्रवद्र्धन र पहिचान बनाउन मौलिक किसिमको प्रवेशद्वार बनाएको हो ।
हामी सबैले मनसुन भन्ने शब्द त सुनेकै छौँ । यो शब्द अरबी भाषाको ‘मवसिम’ बाट आएको हो । सामान्यतया मनसुन आयो भन्नेबित्तिकै हामीले अब वर्षा लाग्यो, पानी पर्ने भयो भनेर बुझ्छौँ तर मनसुन भन्नाले पानी पार्ने मात्र नभई सुक्खा पनि पर्न सक्छ । मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा अस
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले पोखरा महानगरपालिका वडा नम्बर ३२, मालमुलमा प्रमुख प्रशासकीय भवन बनाउँदै छ । १० करोड ९२ लाख ७१ हजार बनिरहेको तीन तले भवन २०८२ मङ्सिर २ गतेभित्र सक्नुपर्ने सम्झौता छ ।
पहिरोमा अभिभावक गुमाएर एक्लो बनेका स्याङ्जाको बिरुवा गाउँपालिका–६ का रोशन शर्मा विद्यालय भर्ना हुनुभएको छ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले रोशनलाई विद्यालयमा भर्ना गराउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।
राप्ती नदीको डुबान तथा बाढी प्रभावितहरूले बस्ती जोगाइदिन सरकारसँग माग गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडिया र सोवरिपरिको गाउँबस्ती डुबान र बाढीको उच्च जोखिममा छन् । खल्ला झगडियामा तटबन्ध निर्माण गरी सो क्षेत्रका गाउँबस्ती जोगाइदिन माग गर्दै स्थानीयले नदीले कटान गरिरहेको स्थानमै बसेर सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय अरुण यादवले वर्षा सुरु भएकाले नदीले कटान तीव्र पारेको हुँदा गाउँबस्ती अति नै जोखिममा परेको बताउनुभयो । सो अवस्थाका बारेमा सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो उहाँको छ ।
बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।
दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन हुनुभएको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश जानुभएको हो । निर्वाचनअघि गुरुङ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्थ्यो । कार्यालय सहयोगी भएर काम गर्दा मतदाताको मन जितेर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
अतिक्रमण बढ्दै जाँदा लुम्बिनी प्रदेशको वन क्षेत्र घट्दै गएको छ । प्रदेशका १२ जिल्लाको तुलनामा सबैभन्दा बढी अतिक्रमण रुपन्देही जिल्लामा भएको देखिन्छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने जिम्मा पाएकाबाटै वनजङ्गल अतिक्रमणमा पर्दै गएको वन निर्देशनालयका उपसचिव यज्ञमूर्ति खनालको भनाइ छ ।