स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार २०७३ सालमा स्थापना भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नाम प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठको नामबाट नामङ्कन गरिएको छ । गाउँपालिकाको दक्षिणमा भा
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने रुख कटानको स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ हजारभन्दा बढी रुख कटानको स्वीकृति दिएको हो । यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार आठ सय रुखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत् विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । साउन १६ गते विभागले रुख कटानको अनुमतिपत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । अहिले रुख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रुख कटानको अनुमति दिएपछि मात्र कटान सुरु हुने छ । यो अनुमतिसँगै विद्युत् विस्तारको काम प्रभावकारी रूपमा अघि बढ्ने छ ।
पहिरोले जाजरकोटको खलङ्गा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४, गैरीखालीदेखि वडा नं. २ कोटखोलामा गएको पहिरोले चार दिनदेखि सडक अवरुद्ध भएको हो । भूकम्पले चिरा चिरा पारेको जमिनमा पानी परेपछि पहिरो जताततै जाने क्रम जारी रहेको छ । चार दिनदेखि अवरुद्ध भएको सडक खुलाउन नसक्दा किसानले तरकारी दुधदही बजारसम्म लगेर बिक्री गर्न पाएका छैनन् । बाटो अवरुद्ध भएपछि सदरमुकाम खलङ्गास्थित त्रिभुवन माध्यमिक विद्यालय आउने रिसाङ, पोखरा, दारा, च्याउमुरा, फारुल्ला, तिलिङ्गेका बालबालिकाको पढाइ पनि प्रभावित भएको छ भने सर्वसाधारणले आवतजावत गर्न पाएका छैनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको हो ।
पछिल्लो समय सल्यानका किसानले फलफूल खेतीलाई व्यावसायिक रूपमा लिन थालेका छन् । स्याउ, सुन्तला, किवीलगायतका फलफूल खेतीलाई यहाँका किसानले व्यावसायिक रूप दिई आत्मनिर्भर बन्ने अभियान थालेका छन् । स्याउ खेतीका लागि सल्यानको माटो र हावापानीले साथ दिँदा यहाँका किसान फलफूल खेतीतर्फ आकर्षित भएका छन् । कुमाख गाउँपालिका–३, सापडाँडाका कृषक अतिराम रानाले सुहाउँदो माटो र हावापानीले गर्दा फलफूल खेतीमा किसान आकर्षित भएको बताउनुभयो ।
विराटनगर–१८, लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहको मुहारमा आठ वर्षपछि बल्ल खुसी फर्कियो । रुँदारुँदै उहाँको आँसु सुकिसकेको थियो । मुहारबाट खुसी उडेको थियो । पीडा र सङ्घर्षले वृद्ध हुँदै
बागमती प्रदेश सरकारको स्वास्थ्य र शिक्षा क्षेत्रको महìवपूर्ण कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालय तहदेखि नै स्वास्थ्यमा सुधारसँगै विद्यार्थीलाई विद्यालय
स्थानीय तहको उदयसँगै गाउँघर रित्तो हुन थालेका छन् भने उर्वर भूमि बाँझो बन्जरमा परिणत भएका छन् । त्यसैको प्रभावले गाउँमा पगरी (एक लाइनमा) घर पनि बन्न छाडेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै जानु एकातिर छँदै छ अर्कोतिर गाउँमै भएकालेसमेत परम्परागत शैलीका घर निर्माण छोड्दै गएपछि पगरी शैलीका घर बन्न छोडेका हुन् ।
बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषेक पूजा गरेर लोप हुन लागेको स्थानीय धुमारी खेल खेलिएको छ । देवीदेवताका गाथा गाएर धुमारी, ढुस्को र ठाडो खेल खेल्ने चलन अनुसार बनारसीधाममा धुमारी खेल खेलिएको छ । पाटन नगरपालिका–३, गुजरस्थित सुर्नया नदी किनारमा रहेको बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गमा मङ्गलबार २७ जना ब्राह्मणले महारुद्राभिषेक पूजा र ४५१ जनाले धुमारी खेलेका हुन् । यहाँ हरेक साउन महिनाको रुद्री जुरेको दिन महारुद्राभिषेक पूजा लाग्ने गर्दछ । विश्व शान्ति, देश तथा गाउँको उन्नतिका लागि महारुद्राभिषेक पूजा गरिएको बनारसीधाम वि
विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो साधन मानिन्छ । यद्यपि विश्वमा प्रायः कतै न कतै सानाठुला हवाई दुर्घटना भएका समाचार भने आइरहेकै हुन्छन् । हवाई यात्राको इतिहासमा नेपाली आकाश पनि बढी दुर्घटना हुनेमा पर्दै आएको छ । हवाई उडानको ६९ वर्षको नेपाली आकाशको इतिहासमा १०९ वटा सानाठुला दुर्घटना भएका छन् र यी दुर्घटनामा परेर ९७४ जनाको दुःखद निधन भएको तथ्य सार्वजनिक छ । गत साउन ९ गते सौर्य एयरलाइन्सको ज
दिगो विकास र समाजवाद दुई महत्वपूर्ण र परस्पर सम्बन्धित विषय हुन्, जसले आधुनिक राजनीतिक, आर्थिक, सामाजिक सोचलाई व्यापक प्रभावित गर्छ । यी दुई अवधारणाले हाम्रो समाजलाई स्थिर, न्यायपूर्ण, र दिगो बनाउने उद्देश्य राख्छन् । यी दुई विषयलाई प्रायःजसो अलग–अलग रूपमा बुझिन्छ । यी दुई विषयको परिभाषा, उद्देश्य, र उनीहरूको अन्तर सम्बन्धबारे सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक छ । नेपालका राजनीतिक दल र नीति निर्माताले समाजवाद र दिगो विकासलाई कसरी सँगसँगै अघि बढाउन सक्छन् वा बढाउनुपर्ने छ भन्ने विषयबारे विशेष चर्चा गरिएको छ । दिगो विकासको उद्देश्य आर्थिक वृद्धि, सामाजिक समावेशिता र
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
इन्डोनेसियाको राष्ट्रिय डाटा सेन्टरमा हालै भएको साइबर आक्रमणले सयौँ सरकारी कार्यालयमा घाटा पुग्यो । उक्त आक्रमणपछि ह्याकरले ८० लाख डलर फिरौतीको माग गरे । फिरौतीको माग डार्क वेबमार्फत गरिएको थियो । यस आक्रमणमा साइबर अपराधीले रुसी रन्समवेयर सङ्गठन लकबीटद्वारा विकसित सफ्टवेयर प्रयोग गरेका थिए । यस आक्रमणले राष्ट्रिय र स्थानीय स्तरका २१० वटा संस्थालाई असर पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।
तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी घरबास (होमस्टे) । यहाँका गुरुङ समुदायले घरबास सञ्चालन गरेर आन्तरिक पाहुना आकर्षित गरिरहेका छन् ।
विभिन्न शासकीय प्रणालीमध्ये सङ्घीय शासन प्रणालीलाई उच्चतम मानिएको छ । यसका अन्तर्निहित विशेषतामा शासकीय संरचना मुलुकभर फैलिने हुँदा सबै नागरिकले छिटो, छरितो र चुस्त शासकीय र प्रशासकीय सेवा उपभोग गर्न पाउँछन् । साथै सङ्घीय शासन प्रणालीको पहुँच राज्यका सबै भागमा पुग्ने भएकाले विकास निर्माण कार्यमा सबै नागरिकको सहभागिता हुने गर्छ । जनताका आवश्यकता र चाहना अनुसार सरकारका गतिविधि सञ्चालन हुने भएकाले नागरिक र सरकारबिच सुमधुर सम्बन्ध एवं सहभागिता रहेको हुन्छ ।