बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् ।
यस वर्षको पहिलो सात महिनामा टर्कीको सबैभन्दा ठुलो शहर इस्तानबुलबाट करिब ३२ हजार सिरियाली आप्रवासी स्वदेश फर्किएका छन् । इस्तानाबुलका गभर्नर दाउट गुलले प्रवासी व्यवस्थापन गर्न शहरमा काम चलिरहेको प्रयास जारी रहेको बताउनुभयो ।
कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यविधि बनाएर राजस्व सङ्कलनमा परिचालनका लागि नगरप्रहरी राखेको छ । नगरप्रमुख शुसिला शाहीका अनुसार सुरक्षाकर्मीको सुरक्षामा राजस्व संकलनमा बृद्धि हुने विश्वास गरिएको छ ।
युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ ।
बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
टर्कीको केन्द्रीय बैंकले २०२४, २०२५ र २०२६ का लागि आफ्नो वर्ष–अन्त मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने निर्णयको घोषणा गरेको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
गोरखामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । साउन महिनाको २४ गतेको तथ्याङ्क अनुसार गोरखामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित चिमखोला गाउँ । धौलागिरी आइसफल पदमार्गमा पर्ने चिमखोला पर्यटकीय गाउँ हो ।
बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।
अनुशासन ‘शासन’ शब्दको अगाडि ‘अनु’ उपसर्ग लागेर बनेको हो । अनुशासन भनेको आफूले आफैँलाई नियममा बाँध्नु हो । हामी विद्यार्थीका लागि अनुशासन गहना हो । अनुशासन पालना गर्ने विद्यार्थी असल हुन्छ । हामीले विद्यालयमा होस् वा घरमा अनुशासन पालना गर्नु पर्छ । जसले हामीलाई सफल बनाउन सहयोग गर्छ ।