• ११ मंसिर २०८१, मङ्गलबार

२०२६ सम्म मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने टर्की केन्द्रीय बैंकको निर्णय

blog

टर्की, साउन २५ गते । टर्कीको केन्द्रीय बैंकले २०२४, २०२५ र २०२६ का लागि आफ्नो वर्ष–अन्त मुद्रास्फीति पूर्वानुमान अपरिवर्तित राख्ने निर्णयको घोषणा गरेको छ । बिहीबार बैंकले मूल्य स्थिरता प्राप्त नभएसम्म कडा मौद्रिक नीति कायम राख्ने प्रतिबद्धता गरेको हो ।

सन् २०२४ को अन्त्यमा ३८ प्रतिशत र २०२५ र २०२६ का लागि क्रमशः १४ प्रतिशत र ९ प्रतिशतमा झर्ने बैंकको अपेक्षा रहेको बैंकका गभर्नर फातिह कारहानले तेस्रो मुद्रास्फीति प्रतिवेदन प्रस्तुत गर्दा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आधिकारिक तथ्याङ्कले देशको वार्षिक मुद्रास्फीति दर जुलाईमा ६१.८ प्रतिशतमा खुम्चिएको देखाएको छ । जुन लगातार दोस्रो महिनामा गिरावट आएको हो ।

यसैबिच भूराजनीतिक जोखिमका कारण बैंकले २०२४ को प्रक्षेपणको दायरा ३४ देखि ४२ प्रतिशतसम्म कायम राखेको उहाँले बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल