सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।
बालबालिकामा देखिने अटिजम रोग नभएर एक फरक अवस्था भएको सरोकारवालहरूले बताएका छन् ।
उत्तरी गोरखामा तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन् । ती परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको सो तथ्याङ्कमा भनिएको छ । निर्देशक लामिछानेले त्यसमा पनि बालिकाहरु बढी परिवारमुलीको रुपमा रहेको पाइएको पनि बताउनुभयो ।
नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ ।
सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । एक महिनाको अवधिमा जिल्लामा सात सय बढी डेंगुको सङ्क्रमणबाट बिरामी भएका छन् भने एकको मृत्यु भएको छ ।