• १० मंसिर २०८१, सोमबार

‘अटिजम रोग होइन, फरक अवस्था हो’

blog

गोरखापत्र दैनिकका उप-सम्पादक अजय शर्मा (दायाँ) लाई कदरपत्रसहित सम्मानित गरिँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २५ गते ।

बालबालिकामा देखिने अटिजम रोग नभएर एक फरक अवस्था भएको सरोकारवालहरूले बताएका छन् । विकास मञ्च संस्थाद्वारा चन्द्रागिरी नगरपालिकामा सञ्चालित अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान एवम् बजेट कार्यान्वयनमा सरोकारवाला निकायको भूमिका कार्यव्रmममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

मानसिक अस्पताल लगनखेलका डाक्टर अमित झाले अटिजम रोग नभएर फरक क्षमता भएको भन्दै उहाँले मोबाइल, टेलिभिजन र अन्य विद्युतीय उपकरणको प्रयोगबाट अटिजम नहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अटिजम मोबाइल धेरै हेरेर हुने होइन तर अटिजमको लक्षण भएका बालबालिकाले मोबाइल डिभाइसको प्रयोग गर्दा अटिजमको तह भने वृद्धि हुन सक्छ ।” 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अटिजम र बौद्धिक अपाङ्गतालाई समाजले रोगका रुपमा नभई एक फरक अवस्थाका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले यस्तो अवस्था भएका बालबालिका र अन्य समूहका व्यक्तिलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यव्रmममा अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाको बारेमा समाचारमार्फत सकारात्मक सन्देश प्रवाह गरेकोमा गोरखापत्र दैनिकका उप—सम्पादक अजय शर्मालाई कदरपत्रसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुने सञ्चारकर्मीहरूमा नयाँ पत्रिकाका प्रविण देवकोटा, आवरन्यूज टिभीका ज्ञानेन्द्र महत र नागरिक दैनिकका सुबोध गौतम हुनुहुन्छ ।