• २१ पुस २०८१, आइतबार

कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराउने : नेता रिजाल

blog

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल

वसन्त पराजुली
भरतपुर, साउन २५ गते ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले  गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताउनुभएको छ ।

भरतपुर विमान स्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेता डा. रिजालले कांग्रेस एमालेले साझा जिम्मेवारीमा निराशालाई आशामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

“जनताको निराशा छ त्यो निराशा चिरेर अब देशले बाटो लिन्छ भन्ने आशा जागृत गराउनुपर्ने बाध्यता छ”, उहाँले थप्नुभयो, “अहलिे कांग्रेस एमालेले भोलि एक अर्काबिच प्रतिस्पर्धा गर्ने आज लोकतन्त्रलाई ठिक बाटोमा ल्याउने भन्ने त्यो मूल दायित्वला सम्झिएर काम गर्नुभयो भने सिष्टममै संविधान बलियो हुन्छ ।”

“कांग्रेस र एमाले आउँदा पनि शासन ठिक भएन, कांग्रेस र एमाले आउँदा पनि सरकार स्थिर हुन्छ भन्ने भएन, नीति स्थिर हुन्छ भन्ने भएन भने निराशा झन चुलिन्छ । यो लोकतन्त्रकै लागि खतरा हुनेछ”, उहाँले भन्नुभयो । 

उहाँले जनतामा आशा जगाउने भनेकै पहिला संविधानमा केही परिवर्तन गरेर हो भन्नुभयो ।

उहाँले कांग्रेस एमाले जस्ता पार्टीले देशलाई स्थिरता दिँदै स्वस्थ प्रजातान्त्रिक प्रतिस्पर्धा गरेर एउटाले सरकार बनाउने अर्को  प्रतिपक्षमा बस्ने खालको राजनैतिक वातावरण स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।