• १० मंसिर २०८१, सोमबार

गर्भवतीको हेलिकप्टरबाट उद्धार

blog

सुत्केरी हुन नसकेकी महिलालाई सेनाको हेलिकप्तरबाट उद्धार गरिँदै । तस्बिर : लक्ष्मी गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, साउन २५ गते । उत्तरी गोरखामा तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबारदेखि सुत्केरी व्यथाले सिकिस्त भएकी चुमनुब्री गाउँपालिका–३ सल्लेरीका ४० वर्षीय सुन मायाँ गुरुङलाई शुक्रबार बिहान ८ बजे सेनाको हेलिकप्टरबाट उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका उपाध्यक्ष्य लक्ष्मी गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुत्केरी व्यथाले च्यापेपछि फिलिमको स्वास्थ्य चौकीमा उपचारमा लैजाँदै गर्दा पेटभित्र बच्चाले दिशा खाएको रिर्पोट आएपछि सुत्केरीको अवस्था झनै जटिल बन्दै गएको हो । हेलिकप्टर पनि प्रतिकुल मौसमका कारण समयमै आउन नसकेपछि आज बिहान मात्र सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको उहाँले बताउनुभयो । 

भौगोलिक विकतका कारण सडक बाटो नहुँदा बेलैमा सुत्केरी गराउन नसकेको हो । सहज सडक मार्ग भएको भए सुत्केरी हुन लाग्दा समयमै अस्पताल पु–याउन सकिन्थ्यो, उपाध्यक्ष्य गुरुङले भन्नुभयो, “सडक मार्गको पहुँच नपुग्दा यस्यो अवस्था सृजना भएको हो ।”

सुत्केरी हुन नसकेर सिकिस्त भएकी गुरुङलाई राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम अन्र्तगत उद्धार गरिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।