प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताउनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् ।
स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले व्यापारमा लगानी बढे देश समृद्धिमा जाने बताउनु भएको छ । श्री पब्लिक हाइस्कुलको ७८ औं विद्यालय स्थापना दिवस समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
पुतलीबजार नगरपालिका १ मा कविता महोत्सव “खुला कविता प्रतियोगित २०८१” हुने भएको छ ।
३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप)का एक शीर्ष विपक्षी नेता मनीष सिसोदियालाई शुक्रबार जमानत दिएको छ ।
न तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ ।
नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
बुवा अर्थात् 'बाबा' संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।