• १२ मंसिर २०८१, बुधबार

नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : मन्त्री चौरसिया

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै

काठमाडौँ, साउन २५ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले जबर्जस्ती करणीको मुद्दाको वर्गीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले समान उमेरका बालबालिकाबिचमा सहमतिमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानुन सुधार गर्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने गरेको भन्दै कानुनहरुमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताउनुभयो ।

कानुन मन्त्री चैरसियाले राष्ट्रले धान्नसक्ने संशासधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरुको सुधार गर्न आफू तयार रहेको बताउनुभयो ।