पाँचथरको हिलिहाङ–७ का किसानले लगाएको सिउँडी फल (ड्र्यागन फल) पाकेर त्यहाँका बगैँचा राताम्मे भएका छन् । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजाललगायतका किसानले तीन वर्षअघि परीक्षणका लागि लगाउनुभएको ड्र्यागन फलको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो ।
तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ ।
“तिमी जस्ती छौ, त्यस्तो म छैन, ससाना कुरामा घर छोडेर जान्छु भन्ने ?” “तपाईं कस्तो हुनुहुन्छ भन्ने सबै मलाई थाहा भइसक्यो,” नम्रता कराउँदै पल्लो कोठामा गइन् । केही बेरको शान्तिपछि पल्लो कोठाबाट सुँक्क सुँक्कको आवाज आयो । नमनले उनी भएको ठाउँमा गएर फकाउँदै भने, “तिमी पढेलेखेकी र केही बुद्धि पनि भएकी नारी होऊ । रुने काम कमजोर व्यक्तिको हुन्छ, तिमीलाई के कुरामा चित्त बुझेन मलाई
तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरू । यहाँ पशुपालनका रूपमा चौँरीलाई प्राथमिकता दिइएको छ ।
जरायो–गैँडा, खरायो, मृग, कस्तूरी खेलेको मुनाल–डाँफे, लुइँचे–तित्रा, कोइली बोलेको । गुराँस–बेली, चमेली फूल जहाँ छ फुलेको देखिन्छ त्यहाँ प्रकृति–छटा छर्लङ्ग खुलेको ।।
इलाम नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ । इलाम नगरपालिका–३, पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई विश्वमै दुर्लभ रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
तिमी धिप्धिप् हुँदै निभ्न लाग्दा कसैले वास्तै गरेनन् म एउटै थिएँ, तिमीलाई सल्काउने र त अहिले तिमी मजाले बलिरहेका छौ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
“त्यो बेलाका अधिपति अहिले कङ्गालपति !” माओरीहरू देखाएर निरूले भनेकी थिइन् । पामिस्टान नर्थको एउटा मलमा हामी लुगा किन्न पसेथ्यौँ, त्यहीँ देखिएथे माओरीको निकै ठुलो हुल । साना केटाकेटी, बुढाबुढी र तरुनातरुनीको बगालले मलमा कल्याङमल्याङ चर्कै देखिन्थ्यो । न्युजिल्यान्ड टेकेदेखि नै माओरी शब्द सबैका मुखले भट्याइहाल्थे । माओरी यस्ता, उस्ता, फलाको हालिहाल्थे सबै जना । विलिङटन सहरमा उत्रेलगत्तै सिबी दाहालले भनेको सम्झिरहेको छु, “देश गुमाएर तन्नम छन् तर पनि राजसी ठाँट उस्तै छ ।”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए