बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित रिगताल क्षेत्रमा चर्दै गरेका घोडा । यहाँ खाद्यान्न ओसारपसार र यात्राका लागि घोडा प्रयोग गरिन्छ ।
सङ्घीय सरकारको अगुवाइमा स्थानीय तहले निर्माण गर्ने भनिएका सात वटा आधारभूत अस्पतालमध्ये दुई वटा अस्पताल मात्र निर्माण भएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य भएको हो । नौगाडमा गत वर्ष १० शय्याको आधारभूत अस्पताल निर्माण कार्य भएर पालिकालाई हस्तान्तरण गरी आधारभूत सेवा सञ्चालन गरिसकेको गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकामा एक महिनापहिले मात्रै भवन निर्माण गरेर निर्माण व्यवसायीले पालिकालाई हस्तान्तरण गरेको छ । आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
थारू समुदायले धुमधामका साथ गुरही पर्व मनाएका छन् । कपडाको गुरही (गाइने किरा) चोक वा चौरमा सेलाएर गुरही पर्व मनाइने गरिन्छ । यस कार्यलाई थारू भाषामा ‘गुरही असरैना’ भनिन्छ । खास गरेर बालबालिकाको पर्वका रूपमा लिइने गुरहीमा किशोरकिशोरीसहित सबै उमेर समूहका मानिसले रमाउँदै पर्व मनाएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा ८० बिघामा फैलिएको आँपका रुख फँडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने तयारी गरेपछि पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत सङ्घ संस्था तथा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले ठुलो क्षेत्रफलमा रहेको आँपको बगैँचा फँडानी गर्दा पर्यावरण सन्तुलनमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
पश्चिम सुर्खेतको चौकुनेका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । खेतबारीमा बाँदरको बिगबिगीपछि वनजङ्गल आसपासका बस्तीका किसान समस्यामा पर्न थालेका छन् । मकै पाक्ने समयमा बाँदर खेतबारीमा पसेर नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने चौकुने गाउँपालिका–२ की डिल्लीसरा विकले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ/१० वर्षमा धेरै बस्ती खाली हुने उहाँको भनाइ छ । बिहान उठ्नेबित्तिकै बाँदर धपाउन भ्याइनभ्याइ हुने गरेको उहाँले सुनाउनुभयो ।
विश्वको अग्लो चुचुरो सगरमाथादेखि नेपालको सबैभन्दा होचो भाग केचनाकवल अवस्थित रहेको कोशी प्रदेश उच्च हिम शृङ्खला, मनोरम पहाड, सुनौलो तराईका फाँटलगायत प्राकृतिक सम्पदा र धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिमाल, पहाड र तराईसम्म तीन वटै भूभाग समेटिएको कोशी प्रदेशको कुल क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको १७ प्रतिशत हुन आउँछ । प्रदेशको कुल भूभागको खेतीयोग्य क्षेत्रफल आठ लाख २१ हजार ६११ हेक्टर रहेकोमा आर्थिक वर्ष (आव) २०७९/८० मा सात लाख सात हजार २२१ हेक्टर जमिनमा खेती गरिएको थियो । कुल खेतीयोग्य क्षेत्रफलको ३७.२ प्रतिशत अर्थात् तीन लाख पाँच हजार ७१३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको नेपाल राष्ट्र बैङ्क, प्रादेशिक आर्थिक गतिविधि
नेपाली साहित्यका अमर सर्जक स्व. रमेश विकलका ग्रन्थ तथा फुटकर रूपमा प्रकाशित कृतिको एकीकृत सङ्ग्रह शुक्रबार सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विकलका नाटक, कथा र उपन्यास विधालाई एकीकृत सङ्ग्रहका रूपमा ल्याइएको हो ।
सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो ।
राणा शासन कालमा शिक्षाको ज्योति जगाउने श्री १०८ आबाल ब्रह्मचार षडानन्द अधिकारीका नाममा दिङ्लामा विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको छ । “..जनताका छोराछोरीले जो विद्या पढ्न चाहन्छन् सो विद्या सुविस्ताले पढ्न पाउन भनी पाठशाला खोलेको छु ...” भन्ने कल्याणकारी उद्घोषका साथ भोजपुर जिल्लाको दिङ्लामा विक्रम संवत् १९३२ मा पाठशाला स्थापना गर्ने बालागुरुका नामले सुपरिचित षडानन्द अधिकारीका नाममा विश्वविद्यालय स्थापना गर्ने कार्यको अगुवाइ ऋषिराज लुम्सालीले गर्नुभएको छ । दिङ्लामा षडानन्दका नाममा उच्चस्तरको शैक्षिक संस्था सञ्चालन गरी यो क्षेत्रमा अत्यधिक शैक्षिक जागरण आओस् र शैक्षिक उन्नयन होस् भन्ने
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।
नेपालको धार्मिक–सांस्कृतिक अभ्यास अनुसार हावा, पानी, वन, पर्वतको पूजा गरिन्छ । यिनको अनुशासित र आवश्यकता अनुसार प्रयोग गरिन्छ, जसले गर्दा वातावरण स्वच्छ र मानवमैत्री हुन्छ । त्यही भएर धार्मिक–सांस्कृतिक परम्परा स्थापित गरी यसलाई हरेक तिथि र पर्वमा उत्सवका रूपमा मनाउने चलन चलाइयो तर आजभोलि यो सत्कर्मबाट मानिस विमुख हुँदै छन् । प्राकृतिक सम्पत्तिको दोहन अत्यधिक भइरहेको छ । आज प्रकृति जस्तो स्वरूप र अवस्थामा रहनुपर्ने हो
एउटा समूह र अर्को समूहबिच झगडा हुन्थ्यो । रोचक कुरा त यो झगडामा नियम बनाइएको हुन्थ्यो र झगडा गर्ने व्यक्ति अनुशासनमा बस्थे । अनुशासन र नियमभित्र रहेर नै हरेक रात दुई समूहबिच झगडा हुन्थ्यो । झडपमा मारामार भने हुँदैनथ्यो । तथानाम गाली पनि हुँदैनथ्यो । फेरि यो खेल पनि होइन, जहाँ रेफ्री तथा एम्पायर होस् तर झगडा गरेर रमाइलो गर्ने चलन पनि चलेको थियो । गाउँका युवा रातभर समूह बनाएर विपक्षी समूहसँग झगडा गर्थे । राति झगडा गरेका युवा दिउँसो भेट्दा भने मिलेरै बस्थे । दिनभर आआफ्नो काममा व्यस्त हुन्थे । रात परेपछि भने झगडा गर्न तम्सन्थे । झगडामा मानवीय क्षति हुँदैनथ्यो । एक दिन होइन, दुई दिन होइन तीन दशक चल्यो यो झगडा । यो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, चाचालुङमा कुनै बे
बाँके, बर्दियालगायत तराई जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमीलाई ‘गुडिया’ पर्वका रूपमा धुमधामसाथ मनाएका छन् । राकेशकुमार मिश्राका अनुसार यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । ‘गुडिया’ पर्वको दिन सो समुदायले घरपरिवार, आफन्त, टोलछिमेक सबै मिलेर विशेष धुमधामसाथ मनाउने गरेका छन् ।
पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ । बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । यसअघि उहाँ कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सो सन्दर्भमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।