कालीकोट जिल्लामा स्याउ टिप्न सुरु भएको छ ।
यहाँको कपुरकोट आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको छ । जिल्लामै पहिलो पटक पालिकाले सञ्चालन गरेको कपुरकोटमा आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको हो ।
तनहुँका आदिवासी जनजातिले ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामसँग मनाइरहेका छन्। तनहुँको सदरमुकाम दमौलीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन तथा सास्कृति कार्यक्रम गरी धुमधामसँग मनाइरहेका छन्।
थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिन सक्ने भएपछि जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । केही वर्ष अघिसम्म पाखा पखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा अहिले हरियाली मात्र भएका छैन, किसानले उत्पादन बिक्री गरी राम्रो आन्दानी लिइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
गोरखामा अविरल वर्षाका कारण बेनीघाट–आर्खेत सडक खण्ड २४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।
गाई भैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि मकवानपुरमा खोप अभियान सुरु गरिएको छ । पशुपालन तथा दूध उत्पादनका क्षेत्रमा अब्बल मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बाट शुक्रवार खोप अभियानको उद्घाटन गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखामा आठ जना सशस्त्र वन रक्षक छन् । उहाँहरु दैनिकरुपमा वन जङ्गलको गस्ती तथा सुरक्षाका साथै वन्यजन्तुको उद्धार र सुरक्षामा तैनाथ रहने गर्नुभएको छ ।
वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।
धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो ।
विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
यहाँका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् ।
जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ ।
अफगानिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) १४०२ देखि मार्च १९ को फारसी क्यालेण्डर वर्षको अवधिमा २.७ प्रतिशत वार्षिक रूपमा विस्तार भएको छ ।