लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्गको कालीकोट खण्ड पूरै अवरुद्ध भएको हो ।
मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताउनुभएको छ ।
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति गरेका शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्ति र सार्वजनिक संस्थाका १ हजार ३७ शौचालयमा क्षति भएको थियो ।
बेनीका युवाहरूको सक्रियतामा लाखे नाच प्रदर्शन सुरु गरिएको छ । नवार समुदायको बर्खे नाचअन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिनदेखि देखाउन थालिएको छ ।
पश्चिम नेपालको थारु समुदायले गुरही पर्व उल्लासका साथ मनाएका छन् । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।
रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बुटवल पावर कम्पनी लिमिटेड(बिपिसी)अन्तर्गत आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित र वितरित विद्युत् महसुल घटेसँगै कार्यालयमा लागेको ताला खुलेको छ ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबिच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उहाँहरू सेप्टेम्बर १० मा बहस गर्न सहमत हुनुभएको हो ।
वन व्यवस्थापन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गर्नुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलो पटक उहाँ र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्नुहुने भएको छ ।
ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म समयमै विद्युत् मह