नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाण्मान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो।
स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफू तयार रहेको बताउनुभएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेको मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
भुटानमा हालै सम्पन्न आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मिनबहादुर तामाङ एक लाख रुपियाँसहित सम्मानित हुनुभएको छ ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ ।
विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङले संविधानको मूल मर्मलाई आत्मसाथ गरी कार्यान्वयन गर्ने पहिलो निकाय स्थानीय तह रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो।
पत्रकार एवम् आख्यानकार अखण्ड भण्डारी आज पोखरेली पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचना गर्भ सुनाउनुभयो ।
दशरथ रङ्गशालामा भदौ २ गतेदेखि १२ गतेसम्म आयोजना हुने साफ यु–२० फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।