कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
जगदुल्ला गाउँपालिका–४ मौर्रे लेख डोल्पामा रहेको चौरी फार्ममा राखिएका चौँरीहरु । यहाँका अधिकांश स्थानीयबासीहरु चौँरीपालन गरेर आर्थिक लाभ गर्दै आएका छन् ।
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका किसान धान खेतमा मल छर्दै। विगतका वर्षमा भन्दा यसपटक किसानलाई केही सहज रूपमा मल उपलब्ध भइरहेको छ।
दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा कक्षा ११ मा अध्ययनरत दिवस केसी व्यवस्थापन सङ्कायसँगै कोरियन भाषा अध्ययन गर्न थाल्नुभएको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीका लागि ऐच्छिक विषयका रूपमा कोरियन भाषा राखेपछि अन्य विद्यार्थीसँगै आफूले पनि पढ्न थालेको बताउनुहुन्छ ।
गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको र ७३ मुद्दा फस्र्योट गर्न बाँकी रहेका छन् । पुरुषवादी पक्ष भएका ६५ मध्ये ४३ र महिलावादी पक्ष भएका ३१८ मध्ये २६७ मुद्दा फस्र्योट भएका छन् ।
मुगुको छायाँनाथा रारा नगरपालिका ७ मा रहेको सुन्दर सिफ्टिचौर पाटनको चरन क्षेत्रमा बिहीबार चर्दै गरेका पशु चौपाया ।
सरकारले तोकेको गुणस्तर मापदण्डविपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै गुणस्तरहीन दुध बिक्रीमा कडाइ गरेको छ । गत साता मात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो ।
विश्व चर्चित अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिकामा रहेको धानको फाँट र स्याँगे झरना ।
शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र रहेका ८०० ब्रोइलर जातका कुखुरा मरेका छन् ।
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति पुर्याएको शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्तिगत र सार्वजनिक संस्थाका एक हजार ३७ शौचालयमा क्षति पुर्याएको थियो । जसले गर्दा स्थानीय बासिन्दा खुला शौच गर्न बाध्य भएका थिए ।
जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।